९ सय ५३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अनुसार ७ हजार ५० पीसीआर परीक्षणमा ७ सय ९० र ३ हजार ५ सय २९ एन्टिजेन परीक्षणमा १ सय ६३ जना गरी ९सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७सय रहेकाे छ । जसमध्ये १८ हजार ३ सय ४० जना होम आइसोलेसनमा छन् भने त्यस्तै १ हजार ३ सय ६० जना संस्थागत आइसोलेसनमा छन् । कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।
Facebook Comments

