थप १ सय ६७ जनामा कोरोना भाइरस पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ८३ पीसीआर परीक्षणमा १ सय ५७ जना र २ हजार १ सय ६४ एन्टिजेन परीक्षणमा १० जना गरी १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७८ रहेको छ ।
पछिल्ला दिनमा नेपालमा संक्रमितकाे संख्या घटेकाे छ । तथापि सचेत हुन चिकित्सककाे सुझाव छ ।
Facebook Comments

