अविरल वर्षाले नहर भत्कियो, कृषकहरु चिन्तित

जिल्ला डिभिजन कार्यालय बेखवर

लगातारको अविरल बर्षाका कारण बेगनास सिँचाइ प्राणालीको पोखरा महानगरपालिकाको वडा नंं ३२, स्थित भुनभुनेमा नहर कटान हुँदा करिव पन्ध्रसय हेक्टरमा लगाइएको धानखेत सुख्खा हुने र र अरवौ रुपैया बरावरको धानवाली उत्पादनमा कमीहुने अवस्थामा रहेको छ ।

सोमबार साँझदेखि सुरु भएको वर्षाले बेगनास सिँचाई प्रणाली अन्तरगतको वि– फोर र वि–३ नहर क्षेत्रको भुनभुने स्थानमा करीव १५० मिटर नहर बाँध फुटेर क्षती भएपछि करिव १ करोड रुपैया भन्दा वढीको मर्मत खर्च हुनुको साथै ४ सय ५० भन्दा वढी कृषक उपभोक्ता मर्कामा पर्ने र अरबौ रुपैयाको घाटा हुने शाखाका अध्यक्ष देवीलाल तिवारीले जनकारी दिनुभयाे ।

विगतका वर्ष झै यस वर्ष पनि सो क्षेत्रका कृषकहरु ठुलो मर्कामा परेका हुन् । करिव १५ सय हेक्टरमा लगाइएको धानवाली सुख्खा हुने भएकाले शाखा–४ र शाखा–३ सिँचाई अन्तरगतको नहरको बाँधले उच्च वहाव थेग्न नसकि फुटेर खुदीखोलामा मिसिन गएकोले सो क्षेत्रका विभिन्न स्थानहरु मालमूल फाँट, सातमुहाने फाँट, झौरी, चारसय फाँट, खोलाको छेउ, खुदीखोला फाँट र राजाको चौतारा फाँटमा लगाइएको धान खेत नहरको बाँध फुटेर धानवाली सुख्खा हुने अवस्थामा रहेको स्थानीयकाे भनाइ छ ।

उता जिल्ला डिभिजन कार्यालय कास्कीमा बारम्वार खवर गर्दा पनि सो क्षेत्रमा निरिक्षण गर्न समेत नआएको गुनासो राख्दै आगामी एक हप्ता भित्रमा जे जसरी भए पनि अस्थाइ रुपमा भने पनि सो नहर तत्कालै बनाउन र खेतमा पानी पुर्याउन आवश्यक रहेकोले सिँचाई कार्यालयवाट तत्काल सो क्षेत्रमा अस्थाइ नहर वनाएर सिँचाई गर्न आवश्यक रहेको शाखाका सदस्य बुद्धिसागर खनालले बताउनुभयाे ।

Facebook Comments