मत्स्य अनुसन्धान केन्द्र वेगनासकाे बाह्य अनुसन्धान स्थल स्याङ्जामा

मत्स्य अनुसन्धान केन्द्र बेगनासले बाह्य अनुसन्धान स्थलको रुपमा पुतलीबजार नगरपालिका वडानं ७ अर्बोकुनालाई छनोट गरेको छ ।

अनुसन्धान केन्द्रले एक कार्यक्रमको आयोजना गरेर सेन कृषि फार्ममा दुई पोखरीमा १५ सय माछाका भूरा छोडिएको हो ।

मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख डाक्टर मोहमद एक्वाल हुसेन ,पुतलीबजार नगरपालिका उप–प्रमुख महेश पुरी,कृषि अनुसन्धान केन्द्र लुम्लेका कृषि वैज्ञानिक डाक्टर काशिनाथ चिलवाल लगायतले पोखरीमा माछाका भुरा छोड्नु भएको थियो ।

मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख डाक्टर मोहमद एकवाल हुसेनले केन्द्रले अनुसन्धान गरेर सफल भएका प्रविधि किसानको पोखरीमा लैजाने र किसानलाई प्रविधि सिकाउदै उत्पादन बढाउने बताउनु भयो ।

गण्डकी प्रदेशमा माछाको माग राम्रो भएपनि भुरा उत्पादन एक मात्र ठाउँमा हुने र किसानले माछा उत्पादन पनि धेरै गर्न नसकेको बताउनुभयो । मत्स्य विज्ञले दिएको निर्देशन अनुसार न्यूनत मूल्यको दाना खुवाएर लागत मुल्य घटाउदै आम्दानी बढि लिन सक्ने बनाउने जनाउनुभयो ।

पुतलीबजार नगरपालिकाका उप–प्रमुख महेश पुरीले विज्ञहरुको ज्ञानसिप किसानहरुलाई हस्तान्त्रण गर्न सके किसानले मनग्य आम्दानी लिन सक्ने बताउनु भयो ।

नगरपालिकाकाले आधिंखोलामा समेत माछाको भुरा छाड्ने गरेको तर खोलाको माछामा जोगाउन मुस्किल भएको बताउनुभयो । नगरपालिकाले घर घरमा कृषिमा रोजगार दिदै आत्मनिर्भर बनाउन प्रयास गरिरहेको बताउनुभयो ।

कृषि अनुसन्धान केन्द्र लुम्लेका कृषि वैज्ञानिक डाक्टर काशिनाथ चिलवालले अनुसन्धानबाट प्रमाणित भएका प्रविधिलाई किसानकै सहभागितामा बाह्य अनुसन्धान स्थलमा परिक्षण गर्न शुरु गरिएको बताउनुभयो ।

कार्यक्रममा वडानं ७ का जनप्रतिनिधि रविविक्रम केसी,भेटनरी अस्पताल पशु विज्ञकेन्द्र स्याङ्जाका गोपाल गिरी, बाडखोला मत्स्य पालन समुहका सचिव नेत्रबहादुर सेन लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।

Facebook Comments