थप १ हजार ३५३ मा काेराेना संक्रमण, हालसम्म ९ हजार ९ काे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ६ हजार पीसीआर परीक्षणमा १ हजार ३५३ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

यसैगरी, ३ हजार ८३६ एन्टिजेन परीक्षणमा ५६७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ ।

Facebook Comments