मेयर जिसीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँको सचिवालयले जनाएको छ ।
बुधबार शुभचिन्तक तथा आफन्तको चासो धेरै भएकाले स्वास्थ्य अवस्थाबारे फोटो सहितको विवरण सचिवालयले बाहिर ल्याएको हो ।
मेयर जिसी ह्दयघात भएपछि काठमाण्डौको न्यूरो अस्पतालमा उपचार गराईरहनुभएको छ ।
उहाँका पूर्व स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले पछिल्लो फोटो राख्दै स्वास्थ्यमा सुधार भएको, फिजियोथेरापी उपचार भइरहेको, क्रमश: खाना खान दिन थालिएको र केही दिनमा नै अस्पतालबाट डिस्चार्ज गरिने विश्वास व्यक्त गर्नुभएको छ । जिसी गत असार ३२ गते अचानक बिरामी भएपछि पाेखराकाे मणिपाल अस्पताल भर्ना हुनुभएकाे थियाे । साेही दिन हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डाै लगिएकाे थियाे ।
Facebook Comments

