६ हजार ८० जना काेराेना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९ जना काेराेना भाइरसकाे संक्रमणमुक्त भएका छन् भने थप ४४८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

हालसम्म नेपालमा ५ लाख ५३ हजार ४ सय २२ जनामा संक्रमण पुष्टी भएकाे छ । जसमध्ये १ लाख ११ हजार ५ सय ९ काे संख्यामा सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ७५२ जनाको पिसिआर परीक्षण गरिएकाेमा ४ हजार ३११ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै १७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। 

नेपालमा हालसम्म ४ लाख ३४ हजार ७ सय ५० कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टाकाे अवधिमा ११६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६१ पुगेको छ।

Facebook Comments