अदालतमा मुद्दाकाे पेसी व्यवस्थापनमा सुधार गर्न सुझाव

सर्वाेच्च अदालतमा पेशी व्यवस्थापन लगायतले अनियमितता बढेकाे भन्दै मुद्दाकाे पेशी व्यवस्थापनका लागि अटाेमेसन विधि अपनाउन सुझाव पेश भएकाे छ ।

न्यायपालिकाभित्रका विकृति, विसंगति अध्ययन गरेर नियन्त्रणका उपाय सुझाउन बनेको समितिले न्यायाधीश नियुक्तिदेखि नै अदालतमा विसंगति भित्रिने निष्कर्षसहित आफ्नो प्रतिवेदन बुझाएकाे हाे ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई बुझाइएको प्रतिवेदनमा न्यायाधीश नियुक्ति, मुद्दा तोक्ने विषय, बिचौलियाको चलखेल र संवैधानिक इजलासको औचित्यका बारेमा सुझाव दिइएकाे छ ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीश प्रकाशसिंह राउत, नायब महान्यायाधीवक्ता पदम पाण्डे, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका सचिव ऋषि घिमिरे लगायत सदस्य रहेकाे समिति गठन गरिएकाे थियाे ।

न्यायाधीश नियुक्तिमा आफ्ना मान्छे र राजनीतिक प्रभाव पर्ने गरेकाे, याेग्यता पुगेका पछि पर्ने ग रेकाे लगायतकाे विषय प्रतिवेदनमा उल्लेख छ ।

प्रधानन्याधीश राणाले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताउनुभएकाे छ ।

Facebook Comments