अविश्वासकाे प्रस्ताव आए पक्षमा उभिने जसपाकाे निर्णय

जनता समाजवादी पार्टी (जसपा)को एउटा समूह वर्तमान सरकारकाे विपक्षमा उभिएकाे छ । जसपाकाे कार्यकारिणी समितिको बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको खुलेकाे छ ।

पार्टीका शीर्ष नेताहरूवीच सत्ता समीकरणबारे सहमति कायम नभएपछि १४ वैशाखमा बसेको बहुमत सदस्यकाे बैठकले नै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्नुका साथै अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हाे ।

उक्त निर्णय अनुसार पत्राचार भएपछि लुम्बिनी प्रदेशसभाले कार्यान्वयन गरिसकेकाे छ । तर पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महताे लगायतका नेताहरू भने वर्तमान सरकारप्रति नरम देखिएका छन् । बहुमत सदस्यहरूले गरेकाे निर्णय अवैधानिक भएकाे भन्दै अध्यक्ष ठाकुर पक्ष निर्वाचन आयाेग गएकाे छ ।

Facebook Comments