थप ३ हजार ६ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ७ सय ८३ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ६७ जना र ४ हजार ८ सय ७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ४४ गरी ३ हजार ६ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय १६ जना निको भएका छन् ।

नेपालमा हालसम्म काेराेना संक्रमणबाट ९ हजार ८३४ जनाको मृत्यु भएको छ । ६ लाख ५२ हजार २६१ जना भने संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये सिकिस्त अवस्थाका ६ सय ८६जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लाे समयमा बालबालिकामा समेत कोरोना संक्रमण देखिएको भन्दै विज्ञहरूले सचेत हुन अनुराेध गरेका छन् ।

Facebook Comments