६ हजार ४९१ जना काेराेना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना काेराेना भाइरसकाे संक्रमणबाट मुक्त भएका छन् भने थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म काेरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ जसमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भइसकेका छन् ।
हाल संक्रिय संक्रमितकाे संख्या १ लाख ६ हजार ४७० रहेकाे छ । काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।
Facebook Comments

