गण्डकी प्रदेश निर्माण व्यवसायी संघ गठन

गण्डकी प्रदेश निर्माण व्यवसायी संघको सम्पन्न प्रारम्भिक साधारण सभा एवम् अधिवेशनले कास्कीका टंकराज बरालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।

समितिको उपाध्यक्षत्रय बाबुराम श्रेष्ठ(गोरखा), युवराज राजभण्डारी (बागलुङ) र रत्नकुमार श्रेष्ठ (तनहुँ) महासचिव कृष्णप्रसाद लम्साल(कास्की) सचिवव्दय दामोदर घिमिरे (कास्की) र प्रेम अर्याल (नवलपुर), कोषाध्यक्षमा दिपेन्द्र आचार्य(कास्की) र सहकोषाध्यक्षमा हलिममिया (स्याङजा) निर्वाचित हुनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा कविता श्रेष्ठ, विश्वराज खनाल,भिम राना,सूर्यनाराण बराल, जगत बहादुर थापा, दलबहादुर राना, ऋषि गौतम, प्रकाश वानिया,दिपक थापा, रोशन के.सी, सन्तबहादुर नेपाली तथा प्रदेशका ११ जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

निर्माण व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष रवि सिंहले अधिवेशनको उद्घाटन गर्दै राज्यले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

व्यवसायिक बिचको बढ्दो अस्वस्थ प्रतिस्पर्धाको कारण निर्माणको काम समयमा सम्पन्न नहुने र अलपत्र हुने गरेको बताउँदै उहाँले कर्तव्य पुरा गरेर अधिकार खोज्न व्यवसायीलाई सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

संघका केन्द्रीय उपाध्यक्षव्दय एडि लामा, राजेन्द्र पहारी, महासचिव रोशन दाहाल र संघका मानार्थ सदस्य शिवशंकर गौतमले हक अधिकारका लागि व्यवसायिकहरु संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिंदै तोकिएको समयसंगै गुणस्तरीय निर्माणमा जोड दिनु पर्ने आवश्यकता औल्याउनुभयो ।

संघका अध्यक्ष ओमप्रसाद गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिव रश्मि आचार्य, नेपाली कांग्रेसका नारायण श्रेष्ठ, गण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिवबहादुर कोइराला, निर्वाचन संयोजक अधिवक्ता हरि सुवेदी, इमनाथ खनाल,नवलपुर जिल्ला अध्यक्ष गौमाया खण्डलु, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी समितिका केन्द्रीय अध्यक्ष हुमनाथ कोइराला, नेपाल निर्माण उद्योग परिषदका अध्यक्ष खोपनिधी लोहोनी लगायतले निर्माण कार्यमा सवैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश अन्तर्गत ११ जिल्लाका २५३ जना निर्माण व्यवसायिकहरुको सहभागिता रहेको सो अधिवेशनमा बार्षिक लगभग दुई खर्व रकम बराबरका बिभिन्न भौतिक निर्माणका काम गर्दै आएको संघका निवर्तमान सचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । मुलुकको संघीय संरचनासंगै पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायि संघलाई प्रदेश निर्माण व्यवसायी संघमा परिणत गरिएको उहाँको भनाई छ ।

Facebook Comments