३ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ५ हजार ७ जनाकाे पीसीआर परीक्षणमा ३ सय ४२ र १५ हजार ९ सय ५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितको यो संख्या पछिल्लो एक महिनामा सबैभन्दा बढी हो । मंसिर र पुस महिनामा २ दिनबाहेक अन्यदिनमा संक्रमित संख्या ३ सय भन्दा कम रहेकाे थियाे ।
शुक्रबार जम्मा २ सय ३५ जना संक्रमित भेटिएकामा शनिबार डेढ सय भन्दा बढी संक्रमित थपिएका हुन् । शुक्रबार ७ हजार ८ सय ८५ पीसीआर परीक्षणमा २ सय २४ जना मात्र संक्रमित भेटिएका थिए ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको उल्लेख गरेकाे छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ५२ रहेको छ ।
विश्व स्वास्थ्य संगठनले भने काेराेना भाइरसकाे संक्रमण अझै फैलन सक्ने भन्दै सचेत रहन अनुराेध गरेकाे छ ।

