फिस्टेल एकेडेमीमा अभिभावकहरुको लागि अभिमुखिकरण

पोखरा महानगरपालिका वडा न १७ तल्लो बिरौटामा अबस्थित फिस्टेल एकेडेमीले आफ्नो बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। 

विभिन्न तहमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुलाइ छुट्टाछुट्टै रुपमा अभिभावकले आफ्ना बिद्यार्थीका बारेमा ध्यान दिनु पर्ने बिषयका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो। 

सो अबसरमा  बिद्यार्थीमा शारीरिक वृद्धि बिकासको अबस्था आइपर्ने ,विभिन्न समस्या र समस्या समाधानका बिधिका बारेमा बिद्यालयका मिडल स्कुल को अर्डिनेटर कमल लामिछाने , प्राचार्य  डा. त्रिदेब उपाध्यायले अभिमुखिकरण गरेका थिए।

कार्यक्रममा  बिद्यार्थिको चारित्रीक तथा मानसिक बिकासमा अभिभावकको महत्त्वपूर्ण भुमिका हुने हुँदा उनीहरुलाइ सचेत र पुनर्ताजगी गर्न उक्त अभिमुखिकरण आयोजना गरिएको बिधालयका सन्थापक अध्यक्ष चिनु रानाभाटले बताउनुभयाे । 

अभिभावकिय भुमिका कलात्मक हुनुपर्ने भन्दै उहाँले बिद्यार्थिको सर्बाङ्गिण बिकासका हेतु बिद्यालय  र अभिभावकको संयोजनकारी भुमिका नै आबश्यक भएकाे उल्लेख गर्नुभयाे।

सो अबसरमा उक्त बिद्यालयका  संस्थापक उपाध्यक्ष  अन्जु बस्नेत रानाभाट ,निर्देशक एरिका रानाभाट ,निर्देशक एलिश रानाभाट , प्रसासन प्रमुख  अग्नि सिवाकोटि , लगायत अभिभावकहरुले  सफल अभिभावकिय भुमिकाको बारेमा चर्चा गरेका थिए।

Facebook Comments