कास्कीकोटमा पोखराका उम्मेदवारहरुको विकास गर्ने प्रतिबद्धता
कास्कीकोटमा पोखार महानगरपालिका मेयर उप मेयर तथा वडा अध्क्षयहरुले विकास गर्ने योजना सहित प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाम्रो कास्कीकोट युवा सञ्जालले गरेको “मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता” प्रस्तुतीकरण कार्यक्रममा पोखरालाई व्यवस्थीत बनाउने योजना देखि रोजगार बढाउन पहल गर्ने उम्मेदवारहरुको प्रतिवद्धता थियो ।
पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोटलाई केन्द्र बनाएर स्थापित भएको हाम्रो कास्कीकोट युवा सञ्जाल कास्कीकोटको सामाजिक, आर्थिक, सांस्कृतिक एवं पर्यटकीय विकासमा क्रियाशील संस्थाले बैशाख ३० गते सम्पन्न हुने स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि पोखरामा विभीन्न राजनीतीक दलवाट मेयर वडा अध्क्षयका उम्मेदवारहरु लाई एउटै मञ्चमा राखेर विकासका प्रतिवद्धताहरु गराएको हो ।
मेयर उपमेयर तथा वडा अध्क्षय सदस्यहरुले “आफ्नो उम्मेदवारी, विकासका योजनाहरु कार्यान्वयन गराउन प्रतिबद्ध बनाएको छ । अधिकामं दलका उम्मेदवारले जन स्तरको माग सम्वोधन नगरेको सहभागीहरुले अरोप समेत लगाए ।
आफ्नो उम्मेदवारी वारे चर्चा गर्दै एमालेवाट मेयरका उम्मेदवार रहेका कृष्ण बहादुर थापाले भन्नु भयो “पोखरा र आसपासका क्षेत्रमा विकासको धेरै सम्भावना रहेको भन्दै विकासको सपना देख्नु राम्रो र आफुहरु त्यसको कार्यान्वयनमा सक्षम रहेको दावी गर्नु भयो ।
गठवन्धनका मेयरका उम्मेदवार धजराज आर्चायले पोखरा महानगरपालिका भित्र रहेको फोर र अधुरामा कार्ययोजनाहरु पुरा गर्ने बताउनु भयो । फेवाताल संरक्षण देखि महानगरमा गाभीएका साविकका गावीसहरुलाई पहिलो प्रथामीकता दिएको बताउनु भयो ।
अटेरी अभियानका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले राजनीतीक नेताहरुले धेरै गफ लगाउने गरेको तथ्यमा रहेर काम नगर्दा पोखराको विकास र संरक्षण हुन नसकेको बताउनु भयो ।
कास्की कोट विकास गर्न कास्कीकोट प्राधीकरण गठन गरी खाने पानी र सडकहरुलाई पहिलो प्रथामीकता दिएको पोखरा महानगरपालिका २४ कास्कीकोट एमालेका वडा अध्यक्ष पदका उम्मेदवार रामचन्द्र थापाले बताउनु भयो ।
उहाले भन्नु भयो कास्कीकोटमा विकास गर्न एमाले प्रतिवद्ध रहेको बताउनु भयो । मतदान गर्दैछौं भन्ने कुराको हेक्का भएको खण्डमा आफ्नो क्षेत्रको विकास र परिवर्तन चाहने व्यक्तिले पक्कै पनि सहि निर्णय लिन सक्ने कार्यक्रम संयोजक गौरव त्रिपाठीले बताउनु भयो ।
यो कार्यक्रमले राजनीतिक नेतृत्वमा हुनुपर्ने सञ्चार, व्यवस्थापन, प्राविधिक र नेतृत्व सम्बन्धि दक्षता जांच्नुका साथै आम सर्वसाधारणलाई असल, जिम्मेवार र भिजनरी जनप्रतिनिधि चुन्न सघाउ पुर्याउँने सञ्जालका संयोजक शितल गिरीले बताउनु भयो ।

