पश्चिम तराईमा असिनासहित वर्षा, चिसाे बढ्याे

पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा बिहिबार असिनासहितको वर्षा भएको छ। बुधबार बाँक्लो हुस्सु र कुहिरोले चिसिएको सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा बिहीबार दिउँसो असिनासँगै वर्षा भएको हो।

वर्षाले देशभर चिसाे बढेकाे छ । असिनाले अन्नबालीमासमेत क्षति पुर्‍याएको छ।  पहाडी जिल्लाको उच्च स्थान तथा हिमाली जिल्लामा हिमपात भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईका अधिकांश जिल्लामा सामान्य वर्षा हुनुका साथै केही स्थानमा असिना पानी पर्ने तथा आइतबारपछि मात्र वर्षा राेकिने जनाएकाे छ ।

बिहीबार लुम्बिनी प्रदेशका बाँके र दाङमा अरू जिल्लाभन्दा केही बढी वर्षा भएको छ। त्यस्तै कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। 

तराईका जिल्लामा वर्षासँगै सामान्य असिना पानी र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा काठमाण्डाै लगायत देशैभर चिसाे बढेकाे छ ।

शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा मेघगर्जन/चटयाङ/असिना  सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ साथै अन्य प्रदेशमा आंशिक देखि सामान्य वदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ माघ २० गते  (बिहीबार)

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा  हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७८ माघ  गते  (शुक्रबार)

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

२०७८ माघ  गते  (निबार)

दिउँसो देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।

राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

Facebook Comments