इन्धनको मूल्य नघट्ने, २३ अर्ब वक्याैता
भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार २ पटकसम्म मुल्य घटेकाे सूची पठाउँदा पनि नेपालमा भने इन्धनकाे मुल्य नघट्ने भएकाे छ ।
नेपाल आयल निगमले बुधबार विज्ञप्ति जारी गरेर इन्धनको मूल्य नघट्ने जानकारी दिएकाे हाे ।
विज्ञप्तिमा इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको जनाइएको छ ।
इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आईओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको छ । सरकारले जमानी बसेर इन्धन खरिदका लागि सहजीकरण गर्दै आएकाे छ ।

Facebook Comments

