बाजुरा र स्याङजा २ कांग्रेस, दाेलखामा माओवादी उम्मेदवारकाे अग्रता
प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ ३ क्षेत्रकाे मतगणना जारी रहेकाे छ । मतगणना भइरहेका क्षेत्र मध्ये २ मा कांग्रेस र एक स्थानमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् ।
स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा नेपाली कांग्रेसले अग्रता लिंदा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारकाे मत अगाडि छ । प्रतिनिधि सभातर्फ स्याङ्जाको २ मा कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिनुभएकाे छ ।
साे क्षेत्रमा नेकपा एमालेकी सचिव पद्मा अर्यालले २० हजार २६७ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ हजार २३८ मत प्राप्त गर्नुभएकाे छ । गुरुङभन्दा अर्यालवीचकाे मतान्तर २ हजार २१३ छ ।
त्यस्तै प्रदेश सभा २ तर्फ नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई १० हजार २६१ र नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत प्राप्त गर्नुभएकाे छ । २ उम्मेदवारबीच १४२ मतको अन्तर छ ।
बाजुरामा पनि नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ११ हजार ७३६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत पाएका हाँसिल गर्नुभएकाे छ । दुइ जनाबीचको मत अन्तर २ हजार २२४ छ । बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २० हजार ६३६ मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएकाे छ ।
दोलखामा माओवादी केन्द्रका गंगा कार्की (विश्व)ले ७ हजार ९९५ मत प्राप् गर्दा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मत प्राप्त गर्नुभएकाे छ । दाेलखामा प्रदेशसभामा पनि गठबन्धनका उम्मेदवार अगाडि छन् ।

