प्यूठानमा जीप दुर्घटना, ७ जनाको मृत्यु

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना भएकाे छ । बेहुली लिएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हाे । रातीकाे समयमा दुर्घटना भएकाले समयमा नै उद्दार हुन नसक्दा धेरैकाे मृत्यु भएकाे अाशंका गरिएकाे छ ।

बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभयाे ।

मृतकमध्ये ७ जनाकाे सनाखत भएकाे छ । घाइते भएका बेहुला र बेहुलीकाे उपचार भइरहेको प्रहीले जनाएकाे छ ।

दुर्घटनामा परी एकै परिवारका श्रीमान, श्रीमती र छोरीको मृत्यु भएको छ। 

गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयाे। 

त्यस्तै अन्य मृतकमा २९ वर्षीया केशरी खड्का, गाडी चालक ५० वर्षीय बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्का छन्। यस्तै नौ बाहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्।

बेहुलीसहित तीन जनाको अवस्था गम्भीर भएकाले बुटवल लगिदैंछ।

Facebook Comments