भरतपुरकाे विकास लागि रेनु दाहालका याेजना राम्रा छन्, फेरि पनि जिताउनुपर्छः प्रधानमन्त्री
पार्टीभित्र बखेडा नझिक्न चितवनका कांग्रेस नेतालाई आग्रह
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको विकासका लागि मेयरमा रेनु दाहाललाई जिताउनुपर्ने बताउनुभएकाे छ ।
क्रिकेट रंगशला, अन्तर्राष्ट्रिय सभाहल, नारायणी तटबन्ध जस्ता महत्वपूर्ण पूर्वाधारकाे निर्माणका लागि रेनु दाहाल नै पुनः मेयर बननुपर्न प्रचण्डकाे भनाइ छ ।
सत्तागठबन्धनले आज चितवनमा गरेकाे चुनावी सभामा बोल्दै देउवाले भन्नुभयाे, ‘रेनुले यहाँ जितिसक्नुभएको छ। हाम्रो पार्टीले यहाँ बखेडा गर्नु आवश्यक छैन।’
‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै गठबन्धन टुट्यो भने कांग्रेसकाे पनि अवस्था खस्कन बताउनुभयाे ।
देउवाले साेझाे भएपनि प्रचण्डले प्रधानमन्त्री बनाएकाे भन्दै सजिलो मानिस चिन्नुपर्ने बताउनुभयाे ।
भरतपुरमा बेरूजु शुन्य भएकाे, थुप्रै पूर्वाधारकाे विकास भएकाे भन्दै रेनुकाे प्रंशसा गर्दै गठबन्धनका उम्मेदवारकाे पक्षमा मत दिन देउवाकाे अपिल थियाे ।
रेनु दाहालले यसअघि पाँच वर्ष मेयर भएर राम्रो काम गरेको भन्दै राम्रो काम गर्ने रेनुलाई जिताएन भने के भन्लान् जनताले?,’ देउवाकाे प्रश्न थियाे ।

