रात्रीबस दुर्घटनामा ९ जनाकाे मृत्यु
रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलमा रात्रीबस दुर्घटना हुँदा जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी खाेलाकाे पुलकाे रेलिङबाट खोलामा खसेकाे हाे ।
विहान साढे ४ बजे भएकाे दुर्घटनामा ९ जनाकाे मृत्यु भएकाे र २३ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हाे ।
मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेकाेमा सनाखत हुन बाँकी छ । घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।
भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी पुल घुम्तीमा भएकाले यसअघि पनि पटक पटक साे स्थानमा दुर्घटना हुने गरेकाे थियाे । रातीकाे समयमा भएकाले चालक निदाएका कारण पनि दुर्घटना भएकाे हुन सक्ने प्रहरीकाे शंका छ ।
घटनाकाे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

