पहिराेले नाैबिसे – मुग्लिन, मुग्लिन–नारायणगढ सडक अवरुद्ध
पहिरो खसेपछि नाैबिसे – मुग्लिन र नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । पहिराे खसेपछि बुधबार रातिदेखि नै सडक खण्ड अवरूद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
लगातार पानी परेकाले पहिराे हटाउन बाधा पुगेकाे छ । पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भने भइरहेकाे छ ।
बिहानदेखि झन् ठूलो पहिरो खसेको प्रहरीले जनाएकाे छ ।
पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा बुधबार राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको हाे ।
सडकमा हजाराैं सवारीकाे लाम लागेकाे छ । पहिराे हटाएपछि राजमार्ग सञ्चालन हुने पनि प्रहरीले जनाएकाे छ । तनहुँतर्फ भने बाटाेमा झरेकाे पहिराे हटाइएपछि सवारी आवागमन सूचारू भएकाे छ ।

