मनसुन सुरूः नदिनालामा पानीकाे बहाव बढ्याे, मेलम्चीकाे अस्थायी पुलमा क्षति
नेपालमा मनसुन सुरू भइसकेकाे छ । मनसुन सुरू भएसँगै देशभरका नदिनालामा पानीकाे बहाव बढेकाे छ ।
सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढ्दा अस्थायी पुलमा क्षति पुगेकाे छ ।
गत बर्ष ठूलाे क्षति पुगेकाे उक्त स्थानमा गएरातीदेखिकाे अविरल वर्षापछि आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्याएको हो।
मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर अस्थायी रूपमा सवारी सूचारू गराइएकाे थियाे । अस्थायी संरचना पुनः मर्मत गरी सञ्चालन गर्ने मेलम्ची नगरपालिकाले जनाएकाे छ ।
उक्त अस्थायी पुलले मेलम्चीको वडा नम्बर ७ र ११ का स्थानीय बासिन्दाकाे आवागमन सहज हुन्छ ।
तस्वीर रासस
Facebook Comments

