आचार संहिता पालना नगरे कार्वाही गर्ने निर्वाचन कार्यालय गण्डकीको चेतावनी

प्रदेश निर्वाचन कार्यालय गण्डकीले आचार संहिता पालना भए नभएकोबारे अनुगमन गरेको छ । गत असोज १२ गतेदेखि नै निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू गरिसकेको छ ।

निर्वाचन प्रचार प्रसारमा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरुले प्रचार प्रसारमा प्रयोग गरेका सवारी साधानहरु अनुमति विना प्रयोग गरेको तथा निर्वाचन चिन्ह अंकित लोगोहरु सवारी साधन, व्यानर, लोगो, स्पिकर लगायतका निशेधित सामग्री प्रयोग गरेको अनुगमनका क्रममा पाइएको उल्लेख छ ।

कार्यालयले विभिन्न संयन्त्रहरु मार्फत् गहन रुपमा अनुगमन भइरहेको जनाउँदै पहिलो पटक सचेत बनाएर छाडिएको र पुनः आचार संहिता उल्लघंन गरेमा निर्वाचन कसुर अन्तर्गत कार्वाही गर्ने चेतावनी दिएको छ ।

Facebook Comments