स्थानीय निर्वाचनः मदिरा बिक्रीमा राेक

स्थानीय निर्वाचनकाे मिति नजिकिंदै गर्दा मदिरा बिक्रीमा राेक लगाइएकाे छ । जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गरेर मदिरा बिक्री वितरणमा राेक लगाएका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुरमा आज रातिबाट मदिरा बिक्रीमा रोक लगाइने भएको छ। मौन अवधि शुरू भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाउन लागिएको हो।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीनै जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्रीमा रोक लगाउने जनाएका छन्।

मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनकाे तर्क छ ।

‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नू/नगराउनू होला’, सूचनामा भनिएको छ।

Facebook Comments