श्रीलंकामा हिंसात्मक झडप, सांसद सहित ५ काे मृत्यु

श्रीलंकामा पछिल्ला दिनमा राजनीतिक तनाव बढिरहेकाे छ । त्यहाँ सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडप भइरहेका छन् । एक जना सत्ताधारी दलका एक जना सांसदले सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएपछि आफैंले आत्महत्या गरेकाे खबर छ ।

सत्ताधारी दलका सांसद अमरकीर्ति अथुकोरालले सोमबार सुरुमा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएका कारण १ जनाकाे मृत्यु भएकाे छ ।

प्रदर्शनकारीकाे मृत्यु भएपछि आक्राेशित भिडले अमरकीर्तिलाई लखेटेका थिए । पछि लुक्न गएकाे एउटा घरमा नै आफैंले आत्महत्या आफैंलाइ गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ ।

बिबिसीका अनुसार प्रहरीलाइ उदृत गर्दै जनाए अनुसार निट्टामबुआमा पर्दशनकारीले अमरकीर्ति सवार कार रोक्ने कोसिस गरेका थिए । साे क्रममा निजले हानेको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

Facebook Comments