थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, सचेत रहन चिकित्सककाे सुझाव
पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याे समयमा काेराेना संक्रमणका कारणा मृत्यु भने कसैकाे पनि भएकाे छैन ।
मन्त्रालयले ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७ सय १८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकाे हाे ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेकाे पनि मन्त्रालयले उल्लेख गरेकाे छ ।
Facebook Comments

