संसद बैठकः मन्त्रीले मन्त्रालयगत बजेटमा उठेका प्रश्नका जवाफ दिंदै
आर्थिक वर्ष २०७९/८० को बजेटमाथिकाे छलफल संसदमा भइरहेकाे छ । जस अन्तर्गत मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिंदैछन् ।
साेमबार बस्ने बैठकमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेछन् । आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाे संसद सचिवालयले जनाएकाे छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
छलफलका क्रममा सांसदहरूले आफूले माग गरेका याेजना समावेश नभएकाे भन्दै मन्त्रीहरूकाे चर्काे आलाेचना गरेका थिए ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज ८ मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।
Facebook Comments

