नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा कांग्रेस निकट सिडेनको प्यानल नै विजयी
नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल नै विजयी भएको छ।
मंगलबा
मंगलबार सम्पन्न भएकाे मतगणनामा डा हरिबहादुर दर्लामीको नेतृत्वमा ३३औं केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका छन्।
अध्यक्षमा दर्लामी ३७३२ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे । अध्यक्षका अन्य उम्मेदवारमा डा सुरज लामिछानेले २८११, डा हरिराम पराजुलीले १२८५, दिलीपकुमार झाले १०९२ र राजेन्द्र हाडाले ३२५ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएकाे छ ।
दर्लामीको नेतृत्वमा ३३औं केन्द्रीय कार्यकारिणी समितिकाे उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह कोषाध्यक्षमा दिपक अधिकारी विजयी भएका छन्।
नेइएको निर्वाचनका लागि पाँच समूहले प्रतिस्पर्धा गरेका थिए। कांग्रेसबाट दिलीपकुमार झाको नेतृत्वमा अर्को बागी उम्मेदवारको समूहले पनि प्रतिस्पर्धा गरेको थियो। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरुको छुट्टै प्यानल थियो।
केन्द्रमा मात्र नभइ प्रदेशमा पनि कांग्रेस निकट सिडेनकै तर्फबाट उम्मेदवारी दिएका प्यानल नै विजयी बनेका छन् । मधेश प्रदेशमा भने मतगणनामा फर्जी मतका बिषयमा विवाद भएपछि मतगणना राेकिएकाे छ ।

