सल्लाहबाटै सिट बाँडफाँड हुन्छ : प्रचण्ड

अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी पनि सत्ता गठबन्धनमा नै रहेको बताउनुभएको छ ।

प्रचण्ड र नेता भट्टराई एक ठाउँमा उभिनुले धेरै ठूलो अर्थ राख्ने प्रचण्डको भनाई छ । यसले नेपालको शुशासन र आर्थिक सम्बृद्धिका लागि विकास हुने छ । चुनाव पछाडि नाममा परिवर्तन हुन सक्ने तर नेपाल कम्युनिष्ट पार्टी भने कायमै हुने प्रचण्डको भनाई थियो ।

भविष्यसम्म मिलेरै जानुपर्छ भन्ने प्रतिबद्धताका साथ नेताहरु मिल्दा जनतालाई समेत राहत हुने र समृद्धिको यात्रा नयाँ ढंगले शुरुवात गर्ने उद्देश्यका साथ सहकार्य गर्न लागेको प्रचण्डले स्पष्ट पार्नुभयो ।

पार्टी केन्द्रीय कार्यालयमा नेपाल समाजवादी पार्टीका नेताहरुसँगको छलफलपछि अध्यक्ष प्रचण्डले अन्य बामपन्थी पार्टीहरुसँग पनि सहकार्य र एकताका लागि पहल गर्ने बताउनुभयो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि एकता संयोजन समिति बनाउने प्रचण्डको भनाई थियो ।

नेकपा माओवादी केन्द्रले मंगलबार विहान मात्रै तत्कालीन नेकपाका नेता बामदेव गौतम र नेपाल समाजवादी पार्टीलाई आफ्नो पार्टीको निर्वाचन चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

Facebook Comments