एमालेसँग पनि गठबन्धन सक्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग पनि सहकार्य हुन सक्ने संकेत गर्नुभएकाे छ । बिहीबार बुटवलमा सञ्चारकर्मीसँगकाे कुराकानीमा प्रचण्डले तत्काल नै सहकार्य वा गठबन्धनकाे संभावना अस्वीकार गरेपनि भविष्यमा सहकार्य हुन सक्ने बताउनुभएकाे हाे ।

उहाँले कसैले पनि अतिवादी साेचका साथ अभिव्यक्ति दिन नहुने बताउनुभयाे ।

कांग्रेसका केही नेताहरूले गठबन्धन गर्नै नहुने भन्दै अभिव्यक्ति दिइरहेका बेला प्रचण्डले कांग्रेसले गठबन्धन नचाहे एमालेसँग पनि सहकार्य हुन सक्ने संभावना औंल्याउनुभएकाे हाे ।

तत्काल एमालेसँग सहमति हुने सम्भावना छैन, कांग्रेसको व्यवहारले पनि नयाँ गठबन्धन बन्न सक्ने प्रचण्डकाे भनाइ थियाे ।

प्रचण्डले यही गठबन्धनप्रति प्रधानमन्त्री समेत सकारात्मक रहेकाले एमालेसँग तालमेल गर्ने परिस्थिति तत्कालका लागि नरहेकाे भने स्पष्ट पार्नुभयाे ।

Facebook Comments