थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
याे विहीबारकाे तुलनामा केही कम हाे ।
विहीबार १२ हजार ३ सय ३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
Facebook Comments

