पाेखरामा पहिलाेपटक मिर्गाैला प्रत्याराेपण सफल

चिकित्सकले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा चिकित्सकहरूले ५० वर्षीय महिलामा मिर्गौलाको सफल प्रत्यारोपण गरेका हुन् ।

५ वर्ष अगाडीदेखि नै मिर्गाैलाकाे बिरामी ति महिलामा श्रीमानकाे मिर्गाैला प्रत्याराेपण सफल भएकाे अस्पतालका निर्देशक भरत खत्रीले जानकारी दिनुभयाे ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरकाे सहयोगमा पोखरामै पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्न सफल भएकाे उहाँले जानकारी दिनुभयाे ।

अब पोखरामा नियमित मिर्गौला प्रत्यारोपण गराउने प्रतिष्ठानकाे तयारी छ । मिर्गौला प्रत्यारोपणमा पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईं डा माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीको टिम तथा भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठ सहितको टिम सहभागी थियाे ।

याेसँगै मिर्गौला प्रत्यारोपणका लागि काठमाण्डाै, चितवन वा भारतसम्म पुग्नुपर्ने बाध्यतामा केही कमी हुनेछ ।

Facebook Comments