कांग्रेसमा संसदीय बाेर्ड गठन, स्थानीय तहका उम्मेदवार चयनमा देउवालाई अधिकार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे प्रस्तावमा केन्द्रीय संसदीय बोर्ड गठन गरिएकाे छ।

स्थानीय तहकाे उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको  बैठकले उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन गरेको हाे ।

कांग्रेसमा केन्द्रीय संसदीय बोर्डले विधानअनुसार महानगरको टिकट बाँड्ने प्रावधान छ । उपमहानगरको टिकट प्रदेश संसदीय बोर्डले बाँड्ने अधिकार छ।

तर पाँचदलीय सत्तागठबन्धन मिलेर महानगर/उपमहानगरको चुनाव लड्ने भएकोले उपमहानगरको टिकट पनि केन्द्रबाटै बाँड्ने तयारीमा कांग्रेस जुटेको छ।

प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले आज १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर संसदीय बोर्ड गठनका लागि प्रस्ताव गर्नुभएकाे थियाे । कांग्रेसमा २५ जनाकाे संसदीय बोर्ड गठन गर्ने प्रावधान छ ।

बाेर्ड गठन भएपनि सभापति देउवालाई नै महानगर/उपमहानगरको टिकट दिने अधिकार दिइएको छ । सभापतिले शीर्ष नेताहरूसँग संवाद गरेर पार्टीले पाएका महानगर र उपमहानगरमा भोलिसम्म टिकट दिइने श्राेतले जनाएकाे छ ।

Facebook Comments