५ दल बाहिर तालमेल नगर्ने

सत्ता गठबन्धनले पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको गठबन्धनको बैठकले एमालेसँग तालमेल गर्न नदिने निर्णय गरेको हो ।

बैठकले भोली (सोमबार) उम्मेदवार मनोनयन दर्ता अघिसम्म बाँडफाडलाई अन्तिम टुंगो लगाउन कोशिस गर्ने गठबन्धनका नेताहरूकाे निर्णय छ ।

पाँच दल बाहिर तालमेल नगर्ने निर्णय भएकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएकाे छ ।

भोली बिहान फेरि बिहान आठ पाँच दलका अध्यक्षहरू बसेर मिलाउने र बिगतमा भएका समझदारीलाई सबै पक्षले इमान्दारीका साथ पालना गर्ने अपेक्षा समेत प्रचण्डकाे सचिवालयले गरेकाे छ ।

Facebook Comments