गाेरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित

गाेरखा निर्वाचन क्षेत्र नम्वर २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तर सहित विजयी हुनुभएकाे छ ।

उहाँ २६ हजार १०१ मत ल्याएर निर्वाचित हुनुभएको हाे । उहाँका निकटत्तम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकाेटिले घण्टि चुनाव चिन्हमा १२ हजार ६३६ मत प्राप्त गर्नु भएको छ ।

नेकपा एमालेका अब्दुस सलाम मियाले सुर्य चुनाव चिन्हबाट ७ हजार ३१२ मत प्राप्त गर्नु भयाे । गाेरखाका दुई वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रकाे नतिजा सार्वजनिक भैसकेको छ । निर्वाचन कार्यलयबाट प्रमाणपत्र प्रदान गर्न भने बाँकी रहेकाे छ ।

Facebook Comments