एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन हुनुभएकाे छ ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको आईतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

अधिकारी गण्डकी प्रदेशकाे मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच सत्ता गठबन्धनका लागि सहमति भएसँगै गण्र अधिकारीकाे संभावना पनि बलियाे बनेकाे छ ।

Facebook Comments