माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्नधानमन्त्री नियुक्त
प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नियुक्त हुनुभएकाे छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गर्नुभएकाे हाे । प्रचण्डले नेकपा एमाले सहित ७ दल र ३ स्वतन्त्र गरी १६९ सांसदकाे समर्थन रहेकाे दाबी सहित प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएकाे थियाे ।
राष्ट्रपतिले संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तालिका तय भएकाे छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयाे ।
प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बन्नुभएकाे थियाे । यसअगाडि पनि एमाले र माओवादी केन्द्रवीच २०७४ सालमा पनि सहकार्य भएकाे थियाे ।

