ऐतिहासिकता संरक्षणमा जुट्न मन्त्री बरालको सुझाव
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा महानगरपालिका वडा नम्बर १ का ऐतिहासिक बस्तुहरूको संरक्षणमा सबै एक हुन पर्ने बताउनुभएको छ ।
इन्द्रेणि एकिकृत विकास समाजले शुक्रबार देखि पोखराको पुरानो टुडिखेलमा आयोजना गरेको ऐतिहासिक तिज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
ऐतिहासिक महत्व बोकेका बस्तुह?को संरक्षणको निम्ति एकताको खाँचो भएको बताउदै मन्त्री बरालले ऐतिहासिक बस्तुह?को व्यबस्थापन गर्न पोखरा १ बासीह? लाग्नु पर्नेमा जोड दिनुभयो ।
पोखरा वडा नम्बर १ को राष्ट्रिय मावि, टुडिखेल मैदानदेखि महत्वपूर्ण सार्वजनिक जमिनह?को संरक्षणको लागि पनि एकिकृत ढंगले अघि बढ्नुपर्ने मन्त्री बरालको भनाई थियो ।
एकले अर्कोलाई उपेक्षा हुदै अघि बढेमा पोखरा १ का ऐतिहासिक महत्वपूर्ण बस्तुहरूको संरक्षण गर्न कठिन हुने मन्त्री बरालले बताउनु भयो ।
पोखरा १ को वडा कार्यालय र समाजले पोखरा १ का ऐतिहासिक बस्तुहरूको संरक्षणमा लाग्नुपर्ने आवश्यक सहयोग गर्न आफु तयार रहेको उहाँले जनाउनु भयो ।
तिज पर्वको हिजोको महत्व विस्तारै घट्दै विकृति तर्फ गएकोमा चिन्त्ता व्यक्त गर्दै मन्त्री बरालले यसमा समयमै सबै बर्गका सचेत हुनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो “ एकातर्फ हेर्दा हरितालिका तिज सास्कृतिक पर्व हो भने अर्को तर्फ यो पर्व विकृतिको ?पमा भड्किलो हुन थालेको छ, यसमा हामी सचेत हुनुपर्छ ।
” तिज पर्व हिन्दुहरूको मात्र नभई नेपाली नारीह?को पर्वको रूपमा स्थापित हुदै आएको उहाँको भनाई थियो । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले हरितालिका तिज पर्वमा आयोजना हुने यस्ता मेला महोत्सवले नेपाली उत्पादन र नेपालीपन झल्कनी बिषय बस्तुहरूको प्रबद्र्धन गर्नुपर्ने बताउनु भयो ।
समाजका अध्यक्ष भानु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पोखरा १ का वडा सदस्य शोभा गुरूङ, राष्ट्रिय माविका प्राचार्य कृष्ण उदासी, मेलाकी आमा समुह समन्वय समितिका संयोजक राधादेवि पराजुली, संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, उपाध्यक्ष निरजविक्रम राण, महासचिब बसन्त बाँस्तोला लगायतले वोलेका थिए ।
यही भदौं १६ गतेसम्म चल्ने मेलामा विभिन्न व्यापारीक स्टल, मौलिक तिज गित प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, खुल्ला तिज गृहिणी नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका कार्यक्रमहरू हुने भएको प्रचार संयोजक रोहितराज पराजुलीले बताउनु भयो । उद्घाटन सत्रको पूर्व सन्ध्यामा पोखरामा झाँकी सहितको प्रभात फेरी निकालिएको थियो ।
उक्त प्रभातफेरीमा ज्ञानुबाबा मावि झाँकी तर्फ उत्कृष्ट घोषित भएको छ भने भेषभुषमा क्षेत्रि समाज महिला इकाई पोखरा एक उत्कृष्ट र अनुशासितमा नेवा: मिस पुच: पोखरा १ घोषित भएको समाजले जनाएको छ ।
मेलामा भोलि(शनिबार) कृष्ण अकेली, अम्मर धिताल, सुनिता नेपाली, निसा पोखरेल लगायतका कलाकारको प्रस्तुती रहने कलाकार कृष्ण गौतमले जानकारी दिनुभयाे।

