लुम्बिनी प्रदेशकाे दाङमा स्थानान्तरण हुने

लुम्बिनी प्रदेशकाे राजधानी आगामी निर्वाचन भन्दा अगाडी नै दाङकाे राप्ती उपत्यकामा स्थानान्तरण गरिने भएकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले निर्वाचन अघि नै प्रदेश राजधानी दाङमा स्थानान्तरण गर्ने बताउनुभएकाे हाे ।

राप्ती उपत्यकाकाे देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजना मुख्य कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले छिट्टै नै राजधानी स्थानान्तरण हुने बताउनुभयाे ।

उहाँले राजधानी निर्माणको लागि कार्य विधि पारित भई प्रदेश सभा भवन बनिसकेको र राजधानीको गुरुयोजना निर्माण भईसकेको भन्दै अब छिट्टै स्थानान्तरण हुने बताउनुभयाे ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानीमा सहज सेवा प्रवाहका लागि आवश्यक संरचना निर्माणका लागि राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सबैकाे सहयोग आवश्यक हुने बताउनुभयाे ।

असहमतिका बाबजुद पनि प्रदेशसभाकाे बैठकले अघिल्लाे वर्षमात्रै प्रदेशसभाकाे बैठकले लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यका ताेकेकाे थियाे ।

Facebook Comments