प्रधानमन्त्रीसँगै, ३ उपप्रधानमन्त्री र ४ मन्त्रीकाे सपथ सम्पन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ३ उपप्रधानमन्त्री र ४ मन्त्रीकाे सपथ ग्रहण सम्पन्न भएकाे छ । प्रधानमन्त्रीकाे सपथसँगै ले ८ सदस्यीय मन्त्रिपरिषद गठन भएकाे छ ।

उपप्रधान एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधान एवं भाैतिक पूर्वाधारमा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने नियुक्त हुनुभएकाे छ ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले सपथ लिनुभएकाे छ । गठबन्धनमा मन्त्रालय बाँडफाँड बाँकी रहेकाले मन्त्रीहरूकाे कार्यभार पछि ताेक्ने बताइएकाे छ ।

Facebook Comments