२४औं सडक महोत्सवको तयारी पुरा

पाेखरामा हुने २४औं सडक महोत्सव को तयारी पुरा भएको आयोजकले जनाएकाे छ । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षा २०२३काे अवसरमा महाेत्सव हुन लागेकाे हाे ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका अङ्ग्रेजी नयाँ वर्ष २०२३ कोअवसरमा यही पुस १३ देखि १७ गतेसम्म पाेखराकाे लेकसाइडकाे सडकमा सञ्चालन हुने महाेत्सवकाे तयारी पुरा भएकाे महाेत्सवका संयाेजक नरेश भट्टराइले जानकारी दिनुभयाे ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गरी दिएकाे जानकारी अनुसार महोत्सव पाँच दिनसम्म चल्नेछ ।

महाेत्सवकाे प्रमुख आकर्षणहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम, नेपालका लोपन्मुख साँस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, सहासिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रम समावेश छन्।

त्यसैगरी, जनजातिहरुको साँस्कृतिक कार्यक्रमहरु, विभिन्न जिल्लाहरुका कला, संस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीहरुको प्रदर्शन, लोकदोहोरी गीत प्रतियोगिता, ख्यातिप्राप्त पप ब्याण्डहरुको प्रस्तुति, बालउद्यान, विभिन्न पिङ, जादुगर लगायत महोत्सवका आकर्षण रहेका छन् ।

Facebook Comments