स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली तयार

१ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता सहभागी हुन पाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार साे संख्यामा अन्तिम मतदाता नामावली तय गरेको हाे । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।

निर्वाचन आयाेगका अनुसार सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता छन् ।

गत स्थानीय तहकाे निर्वाचनमा भन्दा यसपटक ३६ लाख मतदाता बढेका पाइएकाे छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए ।

यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता संख्या पुगेको हो ।

Facebook Comments