काठमाण्डाैकाे मेयरमा बालेन, उपमेयरमा सुनिता निर्वाचित

१४ दिनकाे प्रतिक्षापछि काठमाण्डाै महानगरपालिकामा बालेन साहकाे नामबाट चर्चित बालेन्द्र साह मेयर निर्वाचित हुनुभएकाे छ । स्वतन्त्र उम्मेदवार बालेनले कांग्रेस र एमालेका उम्मेदवारलाई ठूलाे मतान्तरले पराजित गर्नुभयाे ।

साहले ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा उहाँका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत हाँसिल गर्नुभयाे । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गर्नुभयाे । स्थापितले चुनाव अगाडिका भाषणमा बालेनलाई प्रतिस्पर्धी उम्मेदवार हाेइन भन्दै १ लाख २० हजार मतले विजयी हुने दावी गरेपनि बालेनसँगै लज्जास्पद हार बेहाेर्नुपर्याे ।

आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाउनुभयाे । राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत र विवेकशील साझाकी समीक्षा बास्कोटाले ६४७ मत रहेकाे छ ।

यसपटककाे स्थानीय निर्वाचनमा मतदाताले दलहरूलाई झस्काउने खालकाे मत दिएका छन् । पूर्वकाे धरानमा हर्कराज राइ, काठमाण्डाैमा बालेन साह, पश्चिम धनगढीमा गाेपाल हमाल विजयी हुँदा दलहरू सामू चुनाैति थपिएकाे छ ।

चुनावका वेला वाचाका चाङ लगाउने र निर्वाचित भइसकेपछि त्यसलाई भुल्ने दलहरुका प्रवृत्तिका कारण मतदाताले विकल्प खाेजेकाे कतिपयकाे भनाइ छ ।

मेयरका रुपमा उम्मेदवारी दिंदै गर्दा बालेनलाई सामाजिक सञ्जालमा ठूलाे समर्थन देखिएकाे थियाे । अब बालेनकाे वास्तविक परीक्षा शुरू भएकाे छ । मतदाताले विकल्पकाे रूपमा बालेनलाई देखे र विजयी बनाए । अव काठमाण्डाैकाे फाेहाेर मैला ब्यवस्थापन, ट्राफिक समस्या, खानेपानी लगायतका समस्या कसरी समाधान गर्ने बालेन सामू चुनाैति छ ।

पमेयरमा एमालेकी सुनिता डंगाेल

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी हुनुभएकाे छ । उहाँले ६८ हजार ६१२ मत प्राप्त गर्नुभयाे । जुट प्रतिस्पर्धी उम्मेदवारकाे भन्दा झण्डै ३ गुना बढी हाे ।

उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत हाँसिल गर्नुभयाे । उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठ (महर्जन) ले १३ हजार ६९५ मत पाउनुभयाे भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ मत प्राप्त गर्नुभयाे ।

त्यस्तै लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत हाँसिल गर्नुभएकाे छ ।

यसपटककाे निर्वाचनमा धेरै मत बदर भएकाे छ ।

Facebook Comments