कृष्ण सेन ‘इच्छुक’काे स्मृति दिवस मनाइँदै
कृष्ण सेन ‘इच्छुक’काे २० औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । पत्रकार एवं साहित्यकार समेत रहनुभएका सेन तत्कालीन समयमा लाेकप्रिय हुनुहुन्थ्याे ।
गणतन्त्र र संविधानसभाका पक्षमा आवाज उठाए वापत कृष्ण सेनलाई २०५९ साल जेठ ६ गते प्रहरीले पक्राउ गरी महेन्द्र प्रहरी क्लव र सैन्य हिरासतहरुमा कठोर यातना दिई जेठ १३ गते हिरासतभित्रै हत्या गरेको थियो ।
सेनकाे स्मृतिमा काठमाण्डाैकाे बानेश्वरमा प्रेस सेन्टर केन्द्रले कार्यक्रम गर्न लागेकाे छ । त्यस्तै देशैभर विभिन्न कार्यक्रम गरी सेनकाे स्मरण गरिदैंछ ।
आज देशमा कृष्ण सेनसमेतको वलिदानवाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि सेनका हत्याराहरुमाथि कारवाही हुन नसकेको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गाेविन्द आचार्यकाे भनाइ छ ।
उहाँले कृष्ण सेनसहित हत्या गरिएका सम्पूर्ण पत्रकारका हत्याराहरुमाथि कारवाही, वेपत्ता पारिएका पत्रकारको अवस्था सार्वजनिक र वेपत्ता पार्ने कार्यमा संलग्नमाथि कारवाहीको माग गर्नुभएकाे छ ।

