निजगढ विमानस्थल सम्बन्धी सर्वाेच्चकाे फैसला विवादमा

निजगढ विमानस्थल नबनाउन सर्वाेच्चले गरेकाे फैसलाकाे चाैतर्फी विराेध शुरू भएकाे छ ।

नेकपा एमालेका महासचिव शंकर पाेखरेल, नेता प्रदीप ज्ञवाली, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायतले सर्वाेच्चकाे फैसलाकाे विराेध गरेका छन् ।

निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाउँदै पूर्व प्रधानमन्त्री भट्टराइले विकास याेजनामा सर्वाेच्चले बन्चरो प्रहार गरेकाे टिप्पणी गर्नुभएकाे छ ।

देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि भट्टराईको टिप्पणी छ।  

त्यस्तै एमाले महासचिव शंकर पाेखरेलले सर्वाेच्चकाे फैसला मुलुककाे कार्यकारी निकायमाथिकाे हस्तक्षेप भन्नुभएकाे छ ।

एमालेकै नेता प्रदीप ज्ञवालीले पनि सर्वाेच्चकाे फैसलाले दुरगामी असर पर्ने भन्दै चिन्ता प्रकट गर्नुभएकाे छ ।

Facebook Comments