रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

वैकल्पिक राजनीतिक शक्ति गठनमा लागेर असफल बनेपछि रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएकाे छ । राप्रपामा वरिष्ठ उपाध्यक्षका रूपमा रवीन्द्र मिश्रकाे प्रवेश भएकाे हाे ।

साे अवसरमा उहाँले पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताउनुभयाे ।

मिश्रले हलोले ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने दावी समेत गर्नुभयाे । राप्रपमा प्रवेश गर्नुअघि मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिनुभएकाे थियाे ।

मिश्र काठमाण्डाै १ मा प्रतिनिधिसभाकाे उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ।

Facebook Comments