कमेडियन हिमेश पन्त प्रतिनिधिसभामा उम्मेदवार बन्ने

चर्चित कमेडियन हिमेश पन्तले मंसिर ४ गते हुन गईरहेको संघिय निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उमेदवारी प्रस्तुत गर्नुभएकाे छ ।

पन्तले उम्मेदवारी घाेषणा गर्दै धादिङको प्रतिनिधित्व गरी सामाजिक सेवामा रहने र देशको विकृत राजनीतिक अवस्थालाई परिवर्तन गर्ने अवसरका रुपमा लिएको उल्लेख गर्नुभएकाे छ ।

नीति निर्माणको तहमा युवाको प्रतिनिधित्व आजको आवश्यकता भन्दै उहाँले युवाले देखाएको साहस र अॅाटलाई सकारात्मक रुपमा हेरिदिन अनुराेध गर्नुभएकाे छ भने मतदाताहरुको साथ, सहयोग र हौसलाको अपेक्षा गर्नुभएकाे छ ।
राजनीतिक र सामाजिक विकृति माथिको हास्य-व्यङ्ग्य अब त्यसमा मात्र सिमित नराखी देश विकास र राजनीतिक परिवर्तनमा लगाएर अहम भुमिका खेल्ने पन्तकाे दावी छ ।

खराब राजनीति माथिको यो एउटा लडाईंमा साथ दिन उहाँले अपिल गर्नुभएकाे छ ।

Facebook Comments