यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

नेपाल र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्युटी फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई नेपाल सरकारले स्वीकृत गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्युटी फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गर्ने निर्णय गरेको हो। 

त्यस्तै चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानाकारी दिनुभयाे ।

सरकारले नेपाल राजश्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र डा. जीवन अंगाईलाई तथा दुग्ध विकास संस्थाको महाप्रबन्धकमा सञ्जिव झालाई नियुक्त गर्ने निर्णय गरेको छ। 

प्रवक्ता कार्कीले मन्त्रिपरिषद्ले जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने ‘द अर्डर अफ जापान, द अर्डर अफ राइजिङ सन गोल्ड एण्ड सिल्भर स्टार’ सम्मान ग्रहण गर्न स्वीकृत दिने, राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरव रेग्मी र नापी विभाग उपमहानिर्देशक करूणा केसीलाई तोकेको जानकारी दिनुभयाे ।

Facebook Comments