थप ३५४० जनामा कोरोना संक्रमण, ३२ जनाकाे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा थप ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण भएकाे छ भने याे अवधिमा थप ३२ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा उक्त जानकारी दिएकाे हाे । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र  दुई हजार ८ सय ८३ एन्टीजेन परीक्षण गर्दा ४ सय ९१ जना गरी कुल तीन हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको छ ।

वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । त्यस्तै माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन्  भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । पछिल्ला दिनमा भने काेराेना संक्रमणकाे दर केही घटेकाे छ ।

Facebook Comments